गण्डकी प्रदेशमा विनाविभागीयको हैसियतमा रहेका दुई मन्त्रीलाई जिम्मेवारी पाए

गण्डकी प्रदेशमा विनाविभागीयको हैसियतमा रहेका दुई मन्त्रीलाई जिम्मेवारी पाए

काठमाडौं बैशाख ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विनाविभागीयको हैसियतमा रहेका दुई मन्त्रीलाई जिम्मेवारी  दिएका छन्।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मन्त्रीलाई जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता प्रवीण ढकालले जानकारी दिए। मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश प्रमुखसमक्ष गएको उनले जनाए।

मुख्यमन्त्री अधिकारीले बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला र राजीव गुरुङ ९दीपक मनाङे० लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनाएको स्रोतले जनाएको छ। उनीहरूलाई  पदभार ग्रहण भने आइतबार मात्रै गराउने तयारी छ।

सभामुख कृष्णप्रसाद धिताललाई समेत समावेश गरी सरकारमा दाबी पेश गरेपछि अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएकै दिन उनले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

सभामुखलाई समेत प्रयोग गरेर मुख्यमन्त्री नियुक्त हुन गैरसंवैधानिक भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराजले चैत २७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले सरकारलाई कामचलाउ हैसियतमा मात्र काम गर्न भनेको छ।
प्रदेश सभामा विश्वासको मत प्राप्तसमेत गर्ने अवस्था नरहेको अवस्थामा शुक्रबार प्रदेश सभा अधिवेशन शुरु गरेर अनिश्चित कालका लागि स्थगित गरिएको छ। त्यसको भोलिपल्टै अधिकारीले चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी दिएका हुन् ।

खबरपाटी
खबरपाटी