कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटियो : डब्लुएचओ

दुध शुद्ध पार्ने प्रक्रिया ‘पाश्चराइजेशन’ले यो भाइरसलाई मार्न सक्ने उल्लेख

कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटियो : डब्लुएचओ

काठमाण्डौ बेशाख ८ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ । एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीको सङ्ख्यामा वृद्धि भएको थियो ।
यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्राहरूमा समेत सङक्रमण भेटिनु अर्को चुनौतीको बिषय बनेको डब्लुएचओले जनाएको छ । अमेरिकी अधिकारीहरूले यसै महिनाको सुरुमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट सङ्क्रमण भएर मुक्त भएको बताएका थिए ।
विश्व स्वास्थ्य सङ्गठनको ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङका अनुसार टेक्सासमा गाईबाट एभियन इन्फ्लुएन्जा मानिसमा सङ्क्रमण भएको यो पहिलो घटना हो । जेनेभामा भएको पत्रकार सम्मेलनमा चराबाट गाई, गाईबाट गाई र गाईबाट चरामा सर्ने सङ्क्रमण प्रकोपको रुपमा भेटिएको छ ।

खबरपाटी
खबरपाटी