काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सेवा अवरुद्ध हुनेछ । 

लोकसेवा कार्यालय नजिकैको पानी ट्यांकी, सिंहदरबारको पूर्वी गेट अनामनगर हुँदै न्युरो हस्पिटल, प्रभु बैंक आसपासको क्षेत्र,  धोबीखोलादेखि मैतिदेवी, घट्टेकुलो क्षेत्रमा बिहान ८ देखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिजुली जानेछ । 

शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटेल नोर्लिङ, ग्रिनहिल सिटी क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत् सेवा अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरणका अनुसार फिडरहरू सटडाउन गरेर मर्मत गर्नु पर्ने भएकाले विद्युत् सेवा बन्द हुने भएको हो । 
 

खबरपाटी
खबरपाटी