एमालेको राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै

एमालेको राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं बैशाख ८ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज (शनिबार) बाट सुरु हुँदैछ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा शनिबार दिउँसो सुरु हुने बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुनेछन् ।

एमालेका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ भने महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको समीक्षा हुने महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि समीक्षा हुने एमालेले जनाएको छ ।

खबरपाटी
खबरपाटी