आज मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको पनि सम्भावना

आज मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको पनि सम्भावना

काठमाडौं । आज पनि देशका केही भू(भागमा मौसम आंशिक बदली भएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको पहाडी भू(भागका थोरै स्थानका साथै बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भू(भागको एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू(भागका एकरदुई स्थानमा वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना छ ।

खबरपाटी
खबरपाटी