श्रीमद (चण्डीका देबी) भागवत ज्ञान महायज्ञ तथा चन्द्रागीरी धार्मिक महोत्सव २०८०र०८१ को अन्तिम दिनका केहि झलक

श्रीमद (चण्डीका देबी) भागवत ज्ञान महायज्ञ तथा चन्द्रागीरी धार्मिक महोत्सव २०८०र०८१ को अन्तिम दिनका केहि झलक

काठमाडौं । चन्द्रगिरि नगरपालिका वडां नं २ कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा २०८० चैत्र २७ गते मंगलबार देखी सञ्चालन भैरहेको  विराट महायज्ञ आज मंगलबार सकिएको छ । 

संघिय राजधानी काठमाडौं भित्रिने मुख्य नाका नाग ढुंगा बाडभन्ज्याङमा अवस्थित चण्डिकादेवीको मन्दिरलाई स्थानीय सरकारसँगको सहकार्यमा स्थानिय अगुवाहरुले  उक्त महायज्ञ व्यवस्थीत रुपमा समापन गरेका छन ।


केहि समय अघि मात्र १ हजार ५ सय केजि तौलको चण्डीका देविको मूर्ती अनावरण भएपछि त्यसलगत्तै विराट महायज्ञको आयोजना गरिएको महायज्ञ संयोजक राजेन्द्र कोइरालाले बताउनु भएको छ । 


 ९ दिन सम्म चलेको महायज्ञमा कथाबाचन, भजन, कीर्तन, देवलीला, झाँकी, तुलादान एंव शान्ति कलश पुजन सहितको ऐतिहासिक धार्मीक महोत्सव समेत भएको हो ।

महायज्ञमा चन्द्रागिरि नगरपालिका,काठमाडौं महानगर,ललतिपूर महानगर साथै राजधानी बाहिरबाट समेत दर्शनार्थीहरुले दर्शन गरेका छन । ९ दिन सम्म चलेको विराट महायज्ञमा करिब ५ हजारले दर्शन गरेको महायज्ञका सह संयोजक मधुकर बस्नेतले बताउनु भएको छ । साथै भविष्यमा मन्दिरको थप उत्तरउन्नती गर्नको ४० लबख बराबरको रकम संकलन भएको समेत सह संयोजक बस्नेतले जानकारी दिनुभएको छ ।

 

खबरपाटी
खबरपाटी