जनमत पार्टीको नाराबाजीपछि मधेस प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित

जनमत पार्टीको नाराबाजीपछि मधेस प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित

काठमाडौं । मधेस प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

जनमत पार्टीका सांसदहरुले नाराबाजी गर्दै  रोस्ट्रम घेराउ गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।


मंगलबारको बैठक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको थियो ।


सप्तरीको राजविराजमा मधेस कृषि विश्व विद्यालयको शिलान्यासका क्रममा भएको घटनाको जवाफ माग गर्दै जनमत पार्टीका सांसदहरूले बैठक अवरोध गरेका हुन् ।

 

खबरपाटी
खबरपाटी