निर्मल पुर्जाले गरे ८ हजार मिटरमाथिका हिमालको ४४ औँ आरोहण

निर्मल पुर्जाले गरे ८ हजार मिटरमाथिका हिमालको ४४ औँ आरोहण

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४४ औँ आरोहण गरेका छन्।


यो संख्या अहिलेसम्मकै धेरै रहेको उनको दाबी छ।


नेपाली नयाँ वर्ष प्रवेशकै दिन ८ हजार मिटर अग्ला शिखरको ४४ औँ आरोहण गरेर एकै जनाले धेरैपटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएको उनको भनाइ छ।


१ वैशाख ९शनिबार० बिहान १२।१५ बजे उनी ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमालको चुचुरोमा पुगेका थिए।

अन्नपूर्णको सफल आरोहणपछि संक्षिप्त प्रतिकृया दिँदै पुर्जाले भने, ‘८ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिँदै जान्छ।’ 


निम्सदाइले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटकपटक आरोहण गरिसकेका छन्।

खबरपाटी
खबरपाटी