नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर गरेको छैन : इजरायलस्थित नेपाली राजदूतावास

नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर गरेको छैन : इजरायलस्थित नेपाली राजदूतावास

इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो ।

सबै नेपाली सकुशल रहेको दूतावासले स्पष्ट पारेको छ । आइतबार इजरायलका विभिन्न स्थानमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो । ुइरानले गरेको आक्रमणबाट यहाँ बसोवास गर्ने नेपाली नागरिकलाई कुनै असर नपरेको र सबै नेपाली सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,ु दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । केही विद्यार्थी पनि इजरायलमा अध्ययन गरिरहेका छन् । 

यसअघि दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन र स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ ।

इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो । गत असोजमा इजरायलमाथि लडाकु समूह हमासले आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिएका थिए ।

खबरपाटी
खबरपाटी