धादिङमा ट्रक दुर्घटनाः १ जनाको मृत्यु, ८ घाइते

धादिङमा ट्रक दुर्घटनाः १ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


बा २ ख ८९४७ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा दुर्घटना हुँदा ट्रकमा सवार ८ जना पनि घाइते भएका छन् ।

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मकेन्द्र मिश्रले बताए ।


घाइते सबैलाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ लगिएको उनले जानकारी दिए ।
 

खबरपाटी
खबरपाटी