काठमाडौँ । सामान्य फेसबुक पेजबाट सुरु भएको प्लस साइज नेपाल, अहिले नेपालको चर्चित कोल्थिङ ब्रान्ड बनिसकेको छ । देशमा मात्र नभएर विदेशमा पनि आफ्नो बजार विस्तार गरिरहेको प्लस साइज नेपालले भक्तपुरको राधे राँधेमा नवौँ शाखा सञ्चालनमा ल्याएको छ ।
साल २०८० का अन्तिम दिनको अवसर पारेर प्लस साइज नेपालले नवौँ शाखा उद्घाटन गरेको हो । एउटै कपडा ७ वटा भन्दा धेरै साइजमा बनाइरहेको प्लस साइज नेपाल, नेपाली प्लस साइज ग्राहाकहरुमा निकै प्रख्यात रहेको छ । प्लस साइज नेपालले पूर्वमा धरान, बिर्तामोड देखि पश्चिममा बुटवलसम्म शाखा सञ्चालन गरिरहेको छ । डेलिभरी सर्भिस नेपालभर भई रहेता पनि प्लस साइज नेपालको शाखा देशभर ९ वटा मात्र रहेको छ ।
प्लस साइज नेपालले सम्पूर्ण सोसल मिडिया र एप्स्मार्फत अनलाइनमा आफ्नो राम्रो उपस्थिति देखाइरहेको छ । यस्तै प्लस साइज नेपालमा अध्यक्ष विष्णु बोहराले देशको अर्थतन्त्र धरासायी बन्दै गए पनि राम्रो अवसर पहिचान गर्न सक्न पर्ने धारणा व्यक्त गर्छन् । ग्राहाकहरुको पर्चेजिङ पावर घट्दै गएको महसुस गरेका अध्यक्ष बोहराले, व्यापारलाई सफल बनाउन धैर्यता र लगनशीलता मात्र एक उपाय भएको बताउँछन् ।
उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, टिकटक स्टार तथा स्थानीय इन्फुल्र्यन्सरको बाक्लो उपस्थितिका बिच कार्यक्रम सम्पन्न भएको थियो ।