साइपाल एकेडेमीद्वारा आयोजित इन्टर स्कुल बास्केटबल म्याचमा ७० टिमको भव्य सहभागिता

साइपाल एकेडेमीद्वारा आयोजित इन्टर स्कुल बास्केटबल म्याचमा ७० टिमको भव्य सहभागिता

काठमाडौँ । काठमाडौँको धुम्बाराही स्थित रहेको साइपाल एकेडेमीले भव्यताका साथ एस.इ.इ इन्टर स्कुल बास्केटबल प्रतियोगिता २०८० सम्पन्न गरेको छ । 

एस.इ.इ को परिक्षालगत्तै आयोजना गरिएको उक्त प्रतियोगितामा ७० वटा टिमको सहभागिता रहेको थियो । साइपाल एकेडेमीको आफ्नै प्रांगडमा आयोजना गरिएको उक्त खेल ३ दिनसम्म चलेको थियो । 

महिला बास्केटबलतर्फ भ्याली पब्लिक प्रथम, टि.आइ.भि.एस दोस्रो र टिम ग्याबा तेस्रो भए । त्यस्तै पुरुष बास्केटबलतर्फ ग्रान्डी प्रथम, टिम सरकार दोस्रो र टि.आइ.भि.एस तेस्रो भए । 

३ दिनसम्म चलेको बास्केटबल प्रतियोगितामा सहभागितासँगै प्रदर्शनी पनि उत्साहजनक रहेको थियो । साइपाल एकेडेमीका प्रोग्राम कोडिनेटर एवं इभेन्ट म्यानेजर प्रेम बुढा भन्छन्, “एस.इ.ई मा बच्चाहरूले धेरै मानसिक तनाव भोग्ने भएको हुनाले माइन्ड फ्रेस गर्नकालागि भए पनि यस बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । “

काठमाडौँमा बच्चाहरूको बास्केटबलप्रतिको राम्रो मोह रहेको बताउँदै यस खेललाई खेलको रूपमा मात्र नभएर करियर कै हिसाबमा विकास गर्न पाए क्रिकेट जस्तै फड्को मार्ने विश्वास प्रेम सरको रहेको छ । कोडिनेटर प्रेम बुढा राजधानीको धेरै स्कुलहरुमा कुइज विज्ञ भनेर पनि प्रसिद्ध रहेका छन् । 

तिन दिने प्रतियोगिताको माहौल हेर्दा खेललाई खेल जस्तो मात्र नभएर बच्चाको भविष्यसँगै जोडेर विश्लेषण गरिनु आज देशको मुख्य आवश्यकता रहेको साइपाल एकेडेमीका इ.सि.ए कोर्डिनेटर किरण मोक्तान बताउँछन् । एक सानो इभेन्टमा ७० भन्दा धेरै टिमको सहभागीता हुनु कुनै चानचुने कुरा नभएको भन्दै, देशको मुहार फेर्छु भन्ने निकायले यसप्रति थप अध्ययन र अनुसन्धान नगरे समृद्धि हासिल नहुने जिकिर उनले गरेका छन् । 

प्रतियोगितामा भाग लिने टिमहरूलाई राम्रो पुरस्कारको पनि व्यवस्था गरिएको थियो । महिलातर्फ प्रथमलाई नगद रु ५०००, दोस्रोलाई ३००० र तेस्रोलाई २००० प्रदान गरिएको थियो । 

पुरुषतर्फ प्रथमलाई १०,००० दोस्रोलाई ५,००० र तेस्रोलाई ३,००० रुपैयाँ नगद प्रदान गरिएको थियो ।  

नगद पुरस्कारसँगै साइपाल एकेडेमीले बेस्ट प्लेर्यरलाई शतप्रतिशत स्कलरशिप पनि प्रदान गरेको छ भने, पहिलो,दोस्रो र तेस्रो हुने टिमलाई क्रमश ७५ प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत स्कलरशिप प्रदान गरिएको छ, जित्ने टिमलाई मात्र नभएर सहभागी सबैलाई केहि न केहि उपहार र छात्रवृतीको व्यवस्था गरिएको साइपाल एकेडेमीका प्रन्सिपल गणेश जोशीले जानकारी दिए ।  

खबरपाटी
खबरपाटी