आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रवार बसेको बैठकमा काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको छ ।
बैठकको प्रारम्भमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनले दमन गरेको बताएका थिए । साथै उनले केही नेता-कार्यकर्ता घाइते भए पनि समग्रमा प्रदर्शन सफल भएको बताए ।
पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको उनको दाबी थियो ।
राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको बताउँदै उनले प्रदर्शनमा सहभागी सम्पूर्णलाई धन्यवाद दिएका थिए ।