वर्षको अन्तिम दिनमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

वर्षको अन्तिम दिनमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । वर्षको अन्तिम दिन पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन २४ सयले बढ्यो

२०८० सालको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । आज प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो ।  सुनको मूल्य यसअघि चैत २८ गते १ लाख ३६ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।


शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३८६.५१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८.८ डलरमा कारोबार भइरहेको छ ।

खबरपाटी
खबरपाटी