सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने एक लाख छ हजार छ सय निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा दुई सयले घटेको छ ।


यस्तै, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ । 


चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ ।

खबरपाटी
खबरपाटी