उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं चैत २७ ।  उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। 

निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

त्यसअघि उम्मेदवारी फिर्ता गर्न  चाहेका बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । 

उपनिर्वाचन हुने इलाम(२ मा २० र बझाङ १ ९१०मा १२ जनाले उमेदवारी दर्ता गराएका छन्। 

२०८१ वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख छ।

एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि इलाम(२ माउपचुनाव हुन लागेको हो। यस्तै नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएकाले बझाङ १ ९१० मा उपचुनाव हुन लागेको हो।

खबरपाटी
खबरपाटी