सर्लाहीको बसबरियामा आगलागी ,११ घर जलेर नष्ट, लाखौँको क्षति

सर्लाहीको बसबरियामा आगलागी ,११ घर जलेर नष्ट, लाखौँको क्षति

काठमाडौं । सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्।

सोमबार बिहान ११ बजे बसबरिया गाउँपालिका–३ भवानिपुरको बङ्गलवास्थित दलित बस्तीमा आगलागी भएको हो ।


आगलागीबाट ११ जनाको फुसको घर जल्दा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।


प्रहरी, स्थानीय र दलकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

खबरपाटी
खबरपाटी