फ्रेन्डसिप कप’ क्रिकटको उपाधिका लागि आज नेपालले गुजरातको सामना गर्दै

फ्रेन्डसिप कप’ क्रिकटको उपाधिका लागि आज नेपालले गुजरातको सामना गर्दै

काठमाडौं चैत २५। भारतमा जारी ‘एस.एम.एस फ्रेन्डसिप कप’ क्रिकटको उपाधिका लागि आज नेपालले गुजरात क्रिकेट संघको सामना गर्दैछ । खेल दिउँसो २:४५ बजे भारतको वापीमा हुनेछ ।

यसअघि लिग चरणका चारमध्ये तीन खेल जितेको नेपाल विजेताको रूपमा फाइनलमा पुगेको हो । गुजरात भने लिग चरणमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । बरोडा भने लिग चरणबाटै बाहिरिएको छ । नेपालले शृंखलाको पहिलो खेलमा गुजरातलाई आठ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा पुनः गुजरातलाई आठ रनले हराएको थियो ।

खबरपाटी
खबरपाटी