बर्दिया चैत २४ , सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग ९आइपिएल० मा आफ्नो घरेलु मैदानमा लगातार दोस्रो जित निकालेको छ। टिमले सिजनको १८ औं खेलमा चेन्नई सुपर किंग्स ९सिएसके० लाई ६ विकेटले पराजित गरेको हो।
चेन्नईको यो जारी सिजन लगातार दोस्रो हार हो। हारका बाबजुत चेन्नई तेस्रो स्थानमा कायम छ। चेन्नइलाई हराएको हैदराबाद भने पाँचौं स्थानमा उक्लिएको छ।
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम, हैदराबादमा शुक्रबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रनको स्कोर बनाएको थियो। उसका लागि अजिंक्य रहाणले ३५ रन बनाउँदा सिवम् दुवेले ४५ रन बनाए। त्यस्तै, रविन्द्र जडेजा ३१ रनमा नटआउट रहँदा ऋतुराज गाइकवाड२६ रन बनाएका थिए।
१ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ११ बल बाँकी हुँदै ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। हैदराबादका लागि एइडन माक्रमले ५० रनको अर्धशतकीय इनिङ खेल्दा अभिषेक शर्माले ३७ रन बनाए। त्यस्तै, ट्रेभिस हेडले ३१ रन बनाउँदा सहबाज अहमेदले १८ रन बनाए। त्यस्तै हेनरिच क्लासेनले १० रन बनाएका थिए। नितिश कुमार रेडी १४ रनमा नटआउट रहे।
इन्डियन प्रमियर लिगमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच जयपुरमा साँझ ७स्४५ मा प्रतिस्पर्धा हुँदैछ। राजस्थान आफ्ना सुरुवाती तीन खेलमा अपराजित रहँदै ६ अंकका साथ दोस्रो स्थानमा रहँदा बैंगलोर भने ४ खेलबाट एक जितका साथ आठौं स्थानमा छ।