काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अगाडि बढाएर गरिबी नहटाएसम्म आफूले राजनीतिबाट सन्यास नलिने बताएका छन् ।
उनले एमालेविनाको नेपाल र केपी ओलीविनाको एमाले भन्नेप्रति दया लाग्ने टिप्पणी गरे ।
एमाले कास्कीको ११ औं जिल्ला सम्मेलनबाट निर्वाचित पदाधिकारीको शपथ कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै ओलीले अरू २० वर्ष राजनीतिमा सक्रिय रहने बताएका हुन् ।
‘कसैले एमालेविनाको नेपाल भने, कठै माया लाग्यो । कसैले ओलीविनाको एमाले भने दया लाग्छ । केपी ओली नभइदिएदेखि यसो गरौंला भन्ने लागेको होला, मैले पोहोर साल भनेको थिएँ– जुंगा कालाकाला हुन लागे भनेर । मेरो कपाल जम्मै झरेको थियो । अहिले आफैँ पलाउन थालेको छ, रोपेको होइन । अस्ति नै भनेको थिएँ २० वर्ष अरू कसैले आस नगरे हुन्छ,’ ओलीले भने, ‘यो देशलाई अगाडि बढाएर देशबाट गरिबी हटाएपछि मात्र चौतारोमा बसेर सुस्केरा हाल्ने समय आउँछ । अहिले हामीलाई समय छैन, व्यस्त छौं ।’
ओलीले सक्रिय राजनीतिबाट विश्राम लिएपछि आफूलाई पार्टीमा वरिष्ठ नेता भन्दै पद नचाहिने बताए ।
‘पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता ९झलनाथ०ले हैसियत खोज्दै हिँडेको थाहा छ, माधव नेपालले मलाई के हुन्छ भन्नुहुन्छ रु’ ओलीले भने, ‘जेलमा रहेका नेतालाई ल्याएर जनताले सांसद, प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाइसकेपछि मलाई के चाहियो रु सकेजति काम गर्छु, छाडेपछि वरिष्ठ नेता भनेर छेउमै बस्ने रूचि छैन ।’
ओलीले २०८४ सालको चुनावमा एमाले एक्लैले बहुमत ल्याउने गरी मिसन– २०८४ को अभियानमा लागेको बताए ।