गण्डकी प्रदेश प्रमुखमा मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई एक साताको समय

गण्डकी प्रदेश प्रमुखमा मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई एक साताको समय

काठमाडौं : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा दाबी गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई एक साताको समय दिएका छन् ।  आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले जानकारी दिए। 

 पाण्डेले आज बिहान पदबाट राजीनामा दिँदै संविधानको धारा १६८ उपधारा (२) अनुसार नै सरकार गठनको लागी दलहरूलाई मौका दिएका छन् ।

उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । राजीनामा बुझाएपछि पाण्डेले गण्डकीमा राप्रपा नै निर्णायक रहेकाले राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले बहुमत पुर्या‍उन नसक्ने जिकिर गरे।

खबरपाटी
खबरपाटी