आईपीएल क्रिकेटमा आज लखनउ र पञ्जाब खेल्दै

आईपीएल क्रिकेटमा आज लखनउ र पञ्जाब खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्टस् र पञ्जाब किङस् खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे लखनउमा शुरु हुनेछ ।

लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो । तर पञ्जाब किङस्ले दुईं खेल खेलेकोमा एक जित र एकमा हार ब्यहोरेको छ । उसले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ४ विकेटले नै हारेको थियो ।

गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले हराएको छ । बेंगलुरुले तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ । कोलकाताको यो दोस्रो जित हो ।

खबरपाटी
खबरपाटी