प्रधानमन्त्री दाहाल, कांग्रेस सभापती देउवा र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता

प्रधानमन्त्री दाहाल, कांग्रेस सभापती देउवा र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको छलफलमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस, टिआरसी विधेयकलगायतका विषयमा छलफल भएको बताइएको छ । संवैधानिक परिषद्को बैठक आइतबार बोलाइएको छ । 

फागुन २१ मा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबीच पहिलो पटक छलफल भएको हो। 

प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेका बेला ओली संवैधानिक परिषद्का सदस्य थिए भने अहिले देउवा सदस्य रहेका छन्।

खबरपाटी
खबरपाटी