निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरले दियो एक महिनाको समय

निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरले दियो एक महिनाको समय

काठमाडौं : काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ। बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न  निजी विद्यालयलाई  एक महिना समय दिएको हो। 

महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ। 

नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेश गर्न सबै विद्यालयलाई विभागले अनुरोध गरेको छ। 

खबरपाटी
खबरपाटी