आयरल्यान्ड ‘ए’ सँग हुने शृंखलाका लागि नेपाल ‘ए’ टोलीको घोषणा

आयरल्यान्ड ‘ए’ सँग हुने शृंखलाका लागि नेपाल ‘ए’ टोलीको घोषणा

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग हुने शृंखलाका लागि नेपाल ‘ए’ को टोलीको घोषणा गरेको छ। 

विनोद भण्डारीको कप्तानीमा क्यानले टी-२० र एकदिवसीय शृंखला खेल्ने दुई फरक टोलीको घोषणा गरेको हो। टोलीमा कप्तान विनोदसँगै, आरिफ शेख, देव खनाल, बसिर अहमद, कमलसिंह ऐरी र विकास आग्रीलगायत रहेका छन्। नेपाल ‘ए’ ले आयरल्यन्ड ‘ए’सँग चैत १५, १६ र १८ गते टी-२० तथा चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्नेछ।

यो शृंखलाअघि नेपालको सिनियर टोली र आयरल्यान्ड ‘ए’ बीच चैत भोलि र पर्सि (सोमवार र मंगलवार) टी-२० खेल हुनेछ। 

 

खबरपाटी
खबरपाटी