पुरुष तथा महिला राष्ट्रिय भलिबल च्याम्पियनशिपको फाइनल खेल आज हुँदै

पुरुष तथा महिला राष्ट्रिय भलिबल च्याम्पियनशिपको फाइनल खेल आज हुँदै

काठमाण्डौ – आठौँ संस्करणको पुरुष तथा महिला राष्ट्रिय भलिबल च्याम्पियनशिपको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र साबिक विजेता हेल्प नेपाल खेल्दैछन् । यो खेल दिउँसो तीन बजे शुरु हुनेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ ले हराउँदै उपाधि नजिकै पुगेको हो ।

महिलातर्फको उपाधिका लागि विभागीय क्लब नेपाल पुलिस र एभरेष्ट भलिबल क्लब बुटवलबीच दिउँसो एक बजे खेल हुनेछ । पुरुषतर्फ तेस्रो स्थानका लागि गण्डकी र पुलिस बिहान ११ बजे खेल्नेछन् । महिलातर्फ एपीएफ तेस्रो भएको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछ । 

खबरपाटी
खबरपाटी