चन्द्रगिरि २ कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिरमा विराट महायज्ञ हुँदै

चन्द्रगिरि २ कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिरमा  विराट महायज्ञ हुँदै

काठमाडौं,चन्द्रगिरि नगरपालिका वडां नं २ कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा २०८० चैत्र २७ गते मंगलबार देखी २०८१ बैसाख ५ गते सम्म विराट महायज्ञ हुने भएको छ । 
संघिय राजधानी काठमाडौं भित्रिने मुख्य नाका नाग ढुंगा बाडभन्ज्याङमा अवस्थित चण्डिकादेवीको मन्दिरलाई स्थानीय सरकार संगको सहकार्यमा स्थानिय अगुवाहरुले  व्यवस्थीत बनाएका छन । केहि समय अघि मात्र १ हजार ५ सय केजि तौलको चण्डीका देविको मूर्ती अनारण भएपछि सुनमा सुगन्ध थपिएको छ । अझै पनि स्थानियहरुको पहल साथै आफ्नो स्थानमा धार्मीक पर्यटको पहुच बढाउनको लागी यो विराट महायज्ञले थप सहयोग हुने विश्वास स्थानिय अगुवाहरुको रहेको छ । 
महायज्ञमा कथाबाचन, भजन,कीर्तन,देवलीला,झाँकी,तुलादान एंव शान्ति कलश पुजन सहितको ऐतिहासिक धार्मीक महोत्सव समेत हुनेछ ।
 

खबरपाटी
खबरपाटी