राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन

काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका मनोनयन गर्न पस्ताव पेस गरेका हुन् ।

प्रस्तावलाई सांसदहरुले समर्थन जनाएका छन् । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरिएको हो । राष्ट्रिय सभाको बैठक जारी छ ।

खबरपाटी
खबरपाटी