महरालाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो

महरालाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

उनलाई म्याद थप्नका लागि अनुमति लिन अदालत लैजानुअघि सरकारी वकिलको कार्यालय पुर्‍याइएको हो ।

सुन तस्करी छानबिन आयोगले कारबाही सिफारिश गरेपछि महरा आजै बिहान पक्राउ परेका थिए ।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको छानबिन आयोगले सुन तस्करीमा महराको संलग्नता देखिएको भन्दै कारबाही गर्न सिफारिश गरेको थियो ।
 

खबरपाटी
खबरपाटी