२५ औं फ्लोरा एक्स्पोमा एक करोड ५ लाख ५० हजारको  कारोबार : मेलाका केहि तस्बिरहरु

२५ औं फ्लोरा एक्स्पोमा एक करोड ५ लाख ५० हजारको  कारोबार : मेलाका केहि तस्बिरहरु

काठमाडौं,भृकुटीमण्डपमा आयोजित २५ औं फ्लोरा एक्स्पोमा एक करोड ५ लाख ५० हजारको  कारोबार भएको नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ। 
फ्यानको आयोजनामा चैत १ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको मेलाबाट पुष्प व्यवसायीहरूले १ करोड ५ लाख ५० हजार रुपैयाँको कारोबार गरेका फ्यानका अध्यक्ष मिनबहादुर लामाले जानकारी दिनुभएको छ ।
उक्त मेलामा ४९ हजार बढिलेले अवलोकन गरेको उहाँको भनाइ छ। फ्यानले लिएको लक्ष्यभन्दा बढीको कारोबार भएको छ। मेलामा ५० हजार जनाले अवलोकन गर्ने र १ करोड रुपैयाँ बराबरको कारोबार हुने फ्यानको अनुमान थियो।
मेलाको पहिलो दिन चैत १ गते सात हजार ५०० जनाले अवलोकन गरेका थिए भने १७ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो। चैत २ गते १५ हजार बढीले अवलोकन गरेका छन् भने ३२ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको जनाएको छ।त्यस्तै ३गते १७ हजारबढीले अवलोकन गरेका थिए भने ३५ लाखको कारोबार भएको थियो। मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेको थियो। मेला अवलोकनका लागि सर्वसाधारणका लागि १५० र विद्यार्थीका लागि १ सय शुल्क तोकिएको थियो।

खबरपाटी
खबरपाटी