काठमाडौं-ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ कमलपोखरी इकाइ समिती र स्वास्थ्य कार्यालय काठमाडौले सयुक्त रुपमा ब्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एक दिवसीय अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
ग्रील ब्यवसायमा पछिल्लो समय ब्यवसायजन्य सुरक्षा तथा काठमाडौं-स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा अकालमा ज्यान गुमाउने , अङभङ हुने खालको दुर्घटनाहरु बढेको नेपाल घरेलु तथा साना उध्योग महासघका उपाध्यक्ष मोहन कटुवालले बताए। ग्रील ब्यवसाय अन्य ब्यवसायभन्दा बढि जोखिम भएकोले ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तालिमले दुर्घटना न्युनिकरण गर्न ब्यवसायलाइ ब्यवस्थित गरि बाताबरण मैत्री उध्योग सन्चालन गर्न मद्धत पुग्ने बताए।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख अर्जुन सापकोटाले ग्रील ब्यवसायलाइ ब्यवस्थित गरि उत्पादकत्व बढाउन र जोखिम घटाउन यस तालिमले सहयोग पुग्ने भएकोले आगामी दिनहरुमा पनि ग्रील ब्यवसायमा र अन्य क्षेत्रमा स्वास्थ शिबिर र अभिमुखिकरण तालिम आयोजना गर्दै जाने बताए । महासघका उपाध्यक्ष समसुदिन शेखले बाताबरण मैत्री उध्योग सन्चालन गर्न यो तालिमले सहयोग पुग्ने बताए।
कमलपोखरी इकाइ समितिका अध्यक्ष महेश ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौ जिल्लाका प्रथम उपाध्यक्ष राजुलाल श्रेष्ठ पुर्व क्षेत्रीय अध्यक्ष बिस्णु कुमार श्रेष्ठ पश्चिम क्षेत्रीय अध्यक्ष शैलेश ठकुरीले तालिम ग्रील ब्यवसायिको लागि अतिनै उपयोगी रहेकोले यस्लाइ निरंतरता दिन आग्रह गरे। काठमाडौ जिल्ला भित्र रहेका जिल्ला , क्षेत्र , र १४ वटै इकाइ समितिका अध्यक्ष तथा पदाधिकरी सदस्य ,ग्रील ब्यवसायी र श्रमिकको उल्लेख्य उपस्थिती रहेको थियो