काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुषालले राष्ट्रिय सभाले स्थापित गरेका मानकलाई कायम राख्नुपर्ने बताएका छन्।
बुधवारको राष्ट्रिय सभा बैठकमा उनले राष्ट्रिय सभाले केही असल अभ्यासहरु गरेको र स्थापित गरेको असल मानकहरुलाई बचाइरहने चुनौती नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई रहेको बताए।
उनले नवनिर्वाचित अध्यक्ष दाहाले स्थापित असल अभ्यासलाई कमजोर हुन दिन नहुने बताए। उनले सभा सरकारले दिएका बिजनेसहरुमा मात्रै सीमित रहनु नहुने पनि बताए।
उनले भने, ‘राष्ट्रिय सभाले केही असल अभ्यासहरु गरेको छ । केही असल मानकहरु स्थापित गरेको छ । यहाँको कार्यकालमा तिनीहरु कमजोर हुनु हुँदैन। तिनीहरु अझ सबल बन्नुपर्छ । सुदृढ बन्नुपर्दछ । यो सभा सरकारले दिएका बिजनेसहरुमा मात्रै सिमित रहेको छैन र रहनु पनि हुँदैन। सरकारले प्रश्तुत गरेका बिजनेस बाहेकमा पनि काम गर्न सकिन्छ । जनताका आवाजहरु कार्यान्वयनमा लैजान आवश्यक रहेको छ ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ व्यवहारबाट दिनुपर्ने बताए।