राष्ट्रपति रामचन्द्र पौडेलद्धारा ग्याल्पो ल्होसारको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै ग्याल्पो ल्होसारजस्ता पर्वले नेपालीबीच एकता, सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनु भएको छ ।

नेपालको हिमाली क्षेत्रका साथै विभिन्न स्थानमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।

 

खबरपाटी
खबरपाटी