आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
कर्णाली,कर्णाली पूलमा लाइटर बोकेको ट्रकमा आगलागि भएको छ ।
पुलका स्टिलका तार लडामा पनि आगो सल्किएको छ । ट्रक लगभग जलेर नष्ट भैसकेको छ, साथै पुलमा पनि आगो सल्केको छ ।
केहि समय पछि विभिन्न स्थानिय तहको सहयोगमा पुलमा लागेको आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छ । लाइटर बोकेको ट्रकमा आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नस्ट भएको छ । साथै पुलका ९रसि० लठ्ठामा समेत आगो लागेर बाहिरको प्लास्टिक जलेर नस्ट भएको अवस्था छ । ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ। ट्रकमा रहेका चालक र सह–चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि टीकापुर नगरपालिका, लम्की–चुहा नगरपालिका तथा कैलालीका अन्य नगरपालिका र लुम्बिनी प्रदेशका वर्दिया नगरपालिका लगायतका दमकलले आगो नियन्त्रणमा लिएको हो ।