आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं– आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हाल सम्मकै उच्च मूल्य हो ।
गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १४७० रुपैयाँमा कारोबार भएको थियो ।