आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ : राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ।
आइतवार बसेको राष्ट्रियसभा बैठकमा सभाको अध्यक्ष गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गते हुने तोकेकी हुन्। उनले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसद्का महासचिवलाई निर्देशन दिइन्।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकिएको छ। साथै नियमावली बमोजिम संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिने बताएकी छन ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो ।