काठमाडौं,सेयरबजारमा आज दोहोरो अङ्कको वृद्धि भएको छ । अघिल्लो बुधबार अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्ति भएपछि लगातार दुई दिन बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको हो ।
बिहीबार १३ दशमलव ५१ अङ्कले बढेको सेयरबजार आज पनि २२ दशमलव १० अङ्कले बढेर २०५२ दशमलव ६५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८ सय २० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा विन लघुवित्त, जाल्पा लघुवित्त, महुली लघुवित्त र सपोर्ट लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा चिरख्वा हाइड्रो, पिपल्स हाइड्रो र जोशी हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।
आज लघुवित्त समूहको उपसूचक सर्वाधिक ४ दशमलव २१ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक १ दशमलव ८७ र वित्त समूहको उपसूचक १ दशमलव ४० प्रतिशतले बढ्यो । आज हाइड्रोपावर उपसूचक मात्रै ० दशमलव १२ प्रतिशतले घट्यो ।