आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागी सरकारद्धारा क्यानलाई पाँच करोड रुपैयाँ

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागी  सरकारद्धारा क्यानलाई पाँच करोड रुपैयाँ

काठमाण्डौ – आउँदो जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारी गर्न सरकारले नेपाल क्रिकेट सङ्घलाई ९क्यान० लाई पाँच करोड रुपैयाँ दिएको छ ।
क्यानले आज सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएको छ । यो ऐतिहासिक कदम भएको भन्दै क्यानले सरकार र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० प्रति आभार व्यक्त गरेको छ ।
सरकार र राखेपको यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानको विश्वास छ ।
टी–२० विश्वकपमा नेपाल समूह ुडीु मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, दक्षिण अफ्रिका, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

खबरपाटी
खबरपाटी