आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बिहान ११ बजे बस्न लागेको हो । नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफलका लागि पाटीको बैठक बस्न लागेको सचिवालयले जनाएको छ ।
मंगलबार एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी गराउन माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समाजवादीका अध्यक्ष माधव नेपालको निवासमै पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।मंगलबार प्रधानमन्त्री दाहाल र ओलीसँग भएको भेटमा अध्यक्ष नेपाल सकारात्मक रहेको बताइएको छ ।