मंगलबार सेयर बजार ७० दशमलव ३१ अंकले घट्यो

३ दशमलव ३८ प्रतिशतले घटेर २००७ दशमलव ६९ को विन्दुमा

मंगलबार सेयर बजार ७० दशमलव ३१ अंकले घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घटेको छ । नेप्से ३ दशमलव ३८ प्रतिशतले घटेर २००७ दशमलव ६९ को विन्दुमा झरेको छ । 

मंगलबार ३१६ धितोपत्रका एक करोड १४ लाख ७६ हजार ५९९ कित्ता सेयर चार अर्ब ११ करोड ३६ लाख ७६ हजार ७५८ रुपैयाँमा किनबेच भयो ।

१३ उपसमूहमध्ये म्युचुअल फन्डको समूहगत सूचक ० दशमलव ६६ प्रतिशतले बढ्यो । १२ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८ दशमलव ७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

खबरपाटी
खबरपाटी