प्रस्तुत कोईराला
काठमाडौं,राष्ट्रिय किसान सञ्जालले फागुन २१ गते मंगलबार राजधानीको शान्तिबाटीका,रत्नपार्कमा वृहत प्रदर्शन गर्ने भएको छ । । दूग्ध उत्पादक किसानहरूले रकम भुक्तानी नपाएको भन्दै आफ्ना विभिन्न् १६ बुदे माग सहित चरणबद्ध आन्दोल गर्दै आएका थिए । सरकार समक्ष आफ्ना माग राख्ने र माग पुरा नहुन्जेल आन्दोलनलाई निरन्तरता दिने उदेश्य लिएर गत फागुन १३ गतेबाट आन्लोनमा रहेका थिए । फागुन १९ गते दूग्ध उत्पादक किसानका समस्या समाधान गर्ने भनि सरकार संग सहमति भएको भन्ने समाचार तथा सुचना सबै झुटो भएको भनि राष्ट्रिय किसान सञ्जालले आपत्ति जनाएको छ ।आन्दोलनरत पक्षहरुसंग समन्वय नगरी आन्दोलनलाई कमजोर बनाउन खोजेको र दुग्ध उत्पादक किसान र प्रतिनिधिलाई वेवास्ता गरि भएको सहमतिप्रति गम्भीर राष्ट्रिय किसान सञ्जालले ध्यानाकर्षण गराएका छन ।
किसानका समस्याहरु
किसानका समस्या ज्यू का त्यू भन्दै आन्दोलनलाई निरन्तरता दिन राष्ट्रिय किसान सञ्जाल आवद्ध सबैको ध्यानाकर्षण गराएको छ । विगत केही समय देखी आफुले बिक्री गरेको दुधको वक्यौता रकम भुक्तानी नपाएको,लम्पी स्कि महामारीले मरेका पशुधनको क्षतिपूर्ती नपाएको ,नेपाली किसानद्धारा उत्पादित सम्पूर्ण दुध खरिद नगरी मिल्क होलिडे लागू गरिएको,सहुलिएत कृषी ऋण र बीमाको प्रिमियममा दिदै आएको अनुदान कटौती गरिएको ,वैज्ञानिक विधिद्धारा सम्पूर्ण कृषी उत्पादनको समर्थन मूल्य कतयम गरी खरिद गनृे ग्यारेन्टी नगरिएको,दुध तथख दुग्धजन्य पदार्थ आयबात पूर्ण रुपमा प्रतिबन्ध नलगाइएको जस्ता सवालहरु रहेका छन ।