६ प्रतिशतको सर्किट ब्रेक लागेर सेयर बजार बन्द

६ प्रतिशतको सर्किट ब्रेक लागेर सेयर बजार बन्द

काठमाडौ,सत्ता गठबन्धन फेरिएपछि शेयर बजारमा आज ६ प्रतिशतको सर्किट ब्रेक लागेर बजार बन्द भएको छ । बिहान कारोबार शुरु भएको तीन मिनेटमै अघिल्लो दिनको तुलनामा ४ प्रतिशतले बढेपछि शेयर बजारमा पहिलो सर्किट लागेको थियो ।
कारोबार शुरु भएको एक घण्टामा ६ प्रतिशत बढेपछि  बजार बन्द भएको हो ।  दोस्रो सर्किटपछि  नेप्से परिसूचक ११७ दशमलव ७० अङ्कले बढेर २०७८ दबमलब ०० अङ्कमा पुगेको छ ।  आज २३७ कम्पनिको ३८६३ पटकको कारोबारमा ९ लाख ३४ हजार ९ सय १९ कीत्ताहरुको खरिद बिक्रीहुदाँ ३७ करोड ५२ लाख ९ हजार ९७८ रुपैयााको कारोबार भएको छ ।

खबरपाटी
खबरपाटी