आईतबार सुन तोलामा २ हजार रुपैयाले बढ्यो

आईतबार सुन तोलामा २ हजार रुपैयाले बढ्यो

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रूपैयाँ तोकिएको छ ।
शुक्रबार भने छापावाल सुनको भाउ १ लाख १९ हजार रुपैयाँ थियो । आइतबार तेजाबी सुन भने प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ तोकिएको छ। शनिबार बिदा हुने भएकाले सुनको भाउ तोकिएको हुँदैन । 
त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रहेको छ ।

खबरपाटी
खबरपाटी