आफ्नो केन्द्रीय कार्यालय बागदरबारलाई सबलीकरण गर्दै उर्जामैत्री बनाउने तयारीमा महानगर

र्जामैत्री बनाउन सचेतना वृद्धि गर्ने, आन्तरिक क्षमता वृद्धि गर्ने सम्झौताबमोजिम हुने

आफ्नो  केन्द्रीय कार्यालय बागदरबारलाई सबलीकरण गर्दै उर्जामैत्री बनाउने तयारीमा महानगर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आफ्नो केन्द्रीय कार्यालय बागदरबारलाई सबलीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । भवनलाई उर्जामैत्री बनाउने सम्भावना र डिजाइनका लागि विल्डिङ् इनर्जी एफिसियन्सी इन नेपाल ९बीन० सँग सम्झौता भएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।
बागदरबारको सबलीकरण गर्दा उर्जामैत्री बनाउने डिजाइन तयार पार्ने, सहरमा निर्माण गरिने भवनहरुलाई उर्जामैत्री बनाउन सचेतना वृद्धि गर्ने, आन्तरिक क्षमता वृद्धि गर्ने सम्झौताबमोजिम हुने मुख्य काम हुन् ।
पुरातात्विक महत्व भएको बागदरबारको सवलीकरण गर्दा प्रयोग गरिने निर्माण सामाग्री, पर्खाल, जग र छानाको अवस्था, कोठाहरु तताउन वा हावालाई दोहोरो आउने जाने बनाउन, प्राकृतिक प्रकाशलाई सबैतिर पुग्ने बनाउन र यी अवस्था सिर्जना गर्दा प्रदूषण कम गराउने विधि अपनाउने विषयमा अध्ययन हुनेछ । यसका आधारमा डिजाइनसमेत तयार पारिने महानगरपालिकाले जनाएको छ ।

खबरपाटी
खबरपाटी