देशका सबैजसो ठाउँको मौसम बदली,बाग्मती प्रदेशको केही ठाउँमा पानी पर्दै

देशका सबैजसो ठाउँको मौसम बदली,बाग्मती प्रदेशको केही ठाउँमा पानी पर्दै

काठमाण्डौ – अहिले देशका सबैजसो ठाउँमा बदली भएर कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको छ । अहिले देशमा पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परेको हो । बितेको २४ घण्टामा गण्डकी प्रदेशभन्दा पश्चिमतर्फ धेरैजसो ठाउँमा पानी परेको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा, सुर्खेत लगायतका केही ठाउँमा ३० मिलिमिटरभन्दा धेरै पानी परेको छ भने मनाङ,बैतडी, दैलेख, कालिकोट लगायतका जिल्लामा पनि २० मिलिमिटर भन्दा धेरै पानी परेको छ ।

यसपालिको हिउँदमा औसत भन्दा निकै कम पानी परेकोमा पछिल्लो २४ घण्टामा पश्चिमी क्षेत्रमा राम्रो वर्षा भएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । आज दिउँसो देशभर नै बदली भएर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

खबरपाटी
खबरपाटी