नेदरल्यान्ड्ससँगको खेलमा नेपाले टस हारेर बलिङ गर्दै

नेदरल्यान्ड्ससँगको खेलमा नेपाले टस हारेर बलिङ गर्दै

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ ।
नेपालले आजको खेलमा टोलीमा एक जना परिवर्तन गरेको छ । अनिल शाहको ठाउँमा कुशल भुर्तेल आएका छन् । यो खेल जितेमा नेपालको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले भोलि हुने नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको नजिता पनि कुर्नुपर्नेछ । फाइनल खेल मङ्गलवार हुनेछ ।
नेदरल्यान्ड्स ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दोस्रो स्थानमा र समान अङ्क भए पनि नामिबिया नेट रन रेटका आधारमा पुछारमा छ ।

खबरपाटी
खबरपाटी