टोखा नगरपालिकामा एक युवकद्धारा आत्मदाहको प्रयास

टोखा नगरपालिकामा एक युवकद्धारा आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको  चेकपोष्ट नजिक जंगलमा एक जना व्यक्तिले आत्मदाह गर्ने प्रयास गरेका छन् ।

नुवाकोटको लिखु गाउँपलिका–१ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्कालाई आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्धार छ । 
उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको छ । तर, उनको अवस्था गम्भीर रहेको जनाइएको छ । आफैं आगो लगाउनुको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरपाटी
खबरपाटी