आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा भारी अंकको गिरावट आएको छ । बिहीबार २८ दशमलव ६८ अंकले घटेको नेप्से १९७२ दशमलव ०९ को विन्दुमा झरेको छ ।
आज ३०९ कम्पनीका ४८ हजार ३ सय ४९ पटकको कारोबारमा ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सय २८ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७९ अंकले घटेर ३५१ दशमलव ६५ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्नेमा कर्पोरेट डिभेन्चरहरु रहेका छन् ।