मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै

मगर समुदायको बाहुल्यता रहेका कतिपय पालिकाले आज दिवसका अवसरमा सार्वजनिक बिदा

मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै

काठमाडौं । मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै छन् । मुलुकभरका मगर समुदायले आज विविध कार्यक्रम गरि दिवस मनाउन लागेका हुन् । मगर समुदायको बाहुल्यता रहेका कतिपय पालिकाले आज दिवसका अवसरमा सार्वजनिक बिदा समेत दिएका छन् ।

मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् ।

गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयीत्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर संघले जनाएको छ ।

खबरपाटी
खबरपाटी