वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दै

नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता

वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दै

काठमाण्डौ- वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दैछ। नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । वाफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो ।

त्यस्तै दोस्रो खेलमा इराकलाई ५–० र समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । नेपाल र लेबनानबीच हुने सेमिफाइनलको खेल नेपाली समय अनुसार आज राति पौने ११ बजे साउदी अरेबियाको जेद्दाहमा रहेको किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुनेछ ।

आजै हुने अर्को सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोलीले उपाधिका लागि पर्सि बिहीवार खेल्नेछन् । 

खबरपाटी
खबरपाटी